मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख बढीको आवेदन, १ लाख ३३ हजार ७३० ले मात्रै शेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख बढीको आवेदन, १ लाख ३३ हजार ७३० ले मात्रै शेयर पाउने

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते आइतबार देखि निष्काशन गरेको आईपीओ आज अन्तिम दिनसम्मा १३ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार बुधबार साँझ ५ः०३ बजेसम्ममा १३ लाख २५ हजार ८४७ आवेदकबाट एक अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको ११.०१ गुणा बढी हुन्छ ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news