काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।








