एक हप्तामै १७ लाख कित्ता संस्थापक शेयर विक्रीमा : मन्दीले च्यापेपछि विक्रीको बाढी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक हप्तामै १७ लाख कित्ता संस्थापक शेयर विक्रीमा : मन्दीले च्यापेपछि विक्रीको बाढी

काठमाडौं। पछिल्लो समय दिनहुँजसो बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयर विक्रीमा/लिलामीमा भनेर सूचना जारी गरिरहेका छन् ।

संस्थापक शेयरधनीहरुले लाखौं कित्तासम्म शेयर विक्रीमा राख्दा एक हप्ताको अवधिमा मात्रै साढे १७ लाख कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा आएका छन् । एक महीनाकै तथ्याङ्क जोड्ने हो भने यो संख्या सजिलै करोडमा पुग्ने निश्चित छ । तर, बैंक तथा वित्तीय संस्थाले विक्रीमा राखेका संस्थापक शेयर समयमै विक्री हुन भने सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थापक शेयरधनीले पहिला विद्यमान संस्थापकलाई शेयर विक्री खुला गर्नुपर्ने हुन्छ । कम्पनीहरुले ३५ दिने सूचना जारी गरेर संस्थापकलाई शेयर किन्न आग्रह गर्छन् । तर, उक्त समयमा संस्थापक शेयर विक्री नभएमा केही समयपछि सर्वसाधारण अन्य लगानीकर्ताले समेत शेयर खरीद गर्न मिल्ने गरी फेरि विक्री खुला गर्छन्  ।

Read More
  • EBL Ad news