मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन, ८.६२ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन, ८.६२ गुणा बढी शेयर माग

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते आइतबार देखि निष्काशन गरेको आईपीओ १० लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा १० लाख २९ हजार ४९४ आवेदकबाट एक अर्ब १५ करोड ३६ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ३६ हजार ८६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको ८.६२ गुणा बढी हुन्छ ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

Read More
  • EBL Ad news