अपि पावर ४०% हकप्रद सेयर निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपि पावर ४०% हकप्रद सेयर निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा

काठमाडौं : अपि पावर कम्पनीले पुनः ४०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०४० अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
 

यसअघि, अपिलाई विद्युत नियमन आयोगले पनि हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समिति बैठकले ७.५% बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ रुपैयाँ चुक्ता पुँजीमा ४०% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

Read More
  • EBL Ad news