ट्विटरको लोगो फेरियो, चराको ठाउँमा कुकुर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्विटरको लोगो फेरियो, चराको ठाउँमा कुकुर

वासिङटन डिसी : ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो वेब पेजमा परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर(डगी इमोजी) राखेका छन्।

ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन्।

ट्विटरका सीईओले मार्च २६, २०२२ को स्क्रिनसट पनि साझा गरेका छन्। सो स्क्रिनसटमा मस्क र बेनामी खाता बीचको कुराकानी छ । सो संवादमा चराको लोगो हटाइ कुकुरको राख्ने कुरा भएको छ। ट्वीटरमा यो पोष्ट सेयर गर्दै मस्कले ‘वाचा गरे अनुसार' लेखेका छन्।

Read More
  • MBL - below news