ज्ञानेन्द्रलाल प्रधानलाई सेबोनको कारबाही : ७५ हजार रुपैयाँ जरिवानासहित १० वर्ष सञ्चालक बन्न रोक


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्ञानेन्द्रलाल प्रधानलाई सेबोनको कारबाही : ७५ हजार रुपैयाँ जरिवानासहित १० वर्ष सञ्चालक बन्न रोक

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरेको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको हो । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ ।
 

Read More
  • EBL Ad news