मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा सात लाख बढीको आवेदन, ६.१३ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा सात लाख बढीको आवेदन, ६.१३ गुणा बढी शेयर माग

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइतबार देखि निष्काशन गरेको आईपीओ सात लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार सोमबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ३० हजार २६७ आवेदकबाट ८२ करोड ५ लाख ५ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको ६.१३ गुणा बढी हुन्छ ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले चैत २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

Read More
  • EBL Ad news