गत साता अन्तर्राष्ट्रिय सेयर बजारमा उछाल आउँदा क्रिप्टोकरेन्सीको भाउमा पनि सुधार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गत साता अन्तर्राष्ट्रिय सेयर बजारमा उछाल आउँदा क्रिप्टोकरेन्सीको भाउमा पनि सुधार

काठमाडौं : गत साता अन्तर्राष्ट्रिय सेयर बजारमा उछाल आएको छ। गत साता १२ अमेरिकी राष्ट्रहरुमध्ये १० राष्ट्रहरूको सेयर बजार परिसूचकमा वृद्धि देखिएको छ भने २ राष्ट्रको सेयर बजार मात्र घटेको छ । यस्तै, ३८ युरोपेली राष्ट्रहरुमध्ये ४ राष्ट्रहरुको सेयर बजार परिसूचकमा गिरावट आएको छ भने ३४ राष्ट्रहरुको सेयर बजार वृद्धि भएको छ । यता, २७ एसियाली राष्ट्रहरुमध्ये १७ राष्ट्रहरुको सेयर बजार वृद्धि भएको छ । १० राष्ट्रहरुको सेयर बजार परिसूचकमा भने गिरावट आएको छ । 

 

गत साता युरोपेली राष्ट्रहरुको सेयर बजार परिसूचकमध्ये स्वीडेनको परिसूचक ‘स्टकहम’ सबैभन्दा बढी ६.५१% ले बढेको छ भने टर्कीको सेयरबजार परिसूचक ‘विष्ट १००ु’ सबैभन्दा बढी ४.३५% ले घटेको छ । प्रमूख युरोपेली राष्ट्रहरूमध्ये फिनल्यान्डको हेल्सिन्की ३.६०%, इटालीको आइटी ४० ४.७२%, बेलायतको जीबी १०० २.४७%, डेनमार्कको कोपेनहेगन ३.२४% र स्पेनको इएस–३५ ५% र रसियाको एमओइएक्स २.४७% ले बढेको छ।  

Read More
  • EBL Ad news