काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से, सेन्सिटिभ तथा उपसमूहगत सूचकहरु ओर्लिका छन् । नेप्से परिसूचक २० अंक घटेर १८८८ अंकमा कायम भएको छ । कुल १ अर्ब २० करोडको कारोबार भयो । जम्मा २३ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने ४ को स्थिर रहृयो ।
बैंकिङ १३, विकास बैंक ४१, फाइनान्स २३, होटल तथा पर्यटन १८, जलविद्युत् ४१, जीवन बीमा ३६, उत्पादन ३५, लघुवित्त ३५, निर्जीवन बीमा ४७, अन्य १० र ब्यापार उपसमूह ५४ अंक घटे । सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने जीवन विकास लघुवित्तको ४.८ प्रतिशत बढ्यो ।





