सगरमाथा जलविद्युत कम्पनीको आईपीओले कति पाउला ओपन रेञ्ज ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युत कम्पनीको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १०९ दशमलव १३ देखि ३२७ दशमलव ३९ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव १३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

कम्पनीको आईपीओ चैत १७ गते बाँडफाँट भएको थियो । ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

Read More
  • EBL Ad news