सगरमाथा जलविद्युत कम्पनीको आईपिओ आज बाँडफाँड हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युत कम्पनीको आईपिओ आज बाँडफाँड हुँदै

सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज शुक्रबार दिउँसो ३:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले  सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको थियो। बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।   

Read More
  • EBL Ad news