च्याटजीपीटीका कारण गुम्न सक्छ विश्वभरका ३० करोडको रोजगारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
च्याटजीपीटीका कारण गुम्न सक्छ विश्वभरका ३० करोडको रोजगारी

काठमाडौं । च्याटजीपीटीलगायत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका कारण विश्वभरका ३० करोड मानिसको राेजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ ।

गोल्डम्यान साक्स अर्थशास्त्रीहरूले गरेको अध्ययनअनुसार ChatGPT जस्ता प्लेटफर्महरूले ३० करोड मानिस रोजगारीविहीन हुने देखाएको हो । साक्सका अनुसार १८ प्रतिशत काम कम्प्युटराइज्ड हुने र जसको कारण विश्वका धेरै मानिसको जागिर संकटमा आउनेछ । 

एआईको प्रभाव निर्माण र मर्मत क्षेत्रमा भौतिक रूपमा काम गर्ने मजदुरमा पनि सामान्य पर्न सक्ने अध्ययनले देखाएको छ । कार्यालयमा काम गर्ने कामदार र कानून व्यवसायीहरूका लागि यो बढी जोखिमपूर्ण हुने बताइएको छ । 

Read More
  • MBL - below news