श्री डिस्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्री डिस्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने तथा रजिष्टर्ड कार्यालय रहने ठेगाना संशोधनसमेत गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने विषय पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको निर्वाचनसमेत सभाले गर्नेछ । 

Read More
  • EBL Ad news