आज पूँजीबजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अंकले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अंक कायम भएको छ ।
आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ ।






