काठमाडौं : सिलिकन भ्याली बैंकको सेयर कारोबार पुनः सूचारु हुनासाथ भाउमा तीव्र गिरावट आएको छ । सन् २०२३ मार्च ९ मा प्रतिकित्ता १०६.०४ डलर रहेको यस बैंकको सेयर मूल्य २८ मार्चमा ट्रेडिङ खुल्ना साथ प्रतिकित्ता ०.४००० डलरमा झरेको हो । एकै दिन सेयरमा ९९.६२% ले गिरावट आएको हो । मार्च ८ मा भने यसको सेयर प्रतिकित्ता २६७.८३ डलर रहेको थियो । बैंक टाट पल्टिएपछि कारोबार मार्च ९ देखि रोक्का गरिएको थियो । मंगलबार मात्र कारोबार पुनः सूचारु गरिएको हो ।
मंगलबार बैंकको ८ करोड ४५ लाख भन्दा धेरै कित्ता सेयर किनबेच भएको छ । बैंक टाट पल्टिएपछि कारोबार मार्च ९ देखि रोक्का गरिएको थियो । मंगलबार मात्र कारोबार पुनः सूचारु गरिएको हो । मार्च १० मा अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंकलाई नियामकले बन्द गरेको थियो । यो अमेरिकाको दोस्रो ठूलो बैंकिङ फेलर हो । सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकलाई बन्द हुन दुई दिनमात्र लाग्यो ।





