सडक पेटीमा व्यापार गर्नेलाई क्युआर सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सडक पेटीमा व्यापार गर्नेलाई क्युआर सुविधा

अबदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ । एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसा, अब ठेलामा पोलेको मकै बिक्री गर्नेदेखि उखुको जुस बेच्ने जस्ता स–साना कारोबार गर्ने व्यवसायीलाई भुक्तानीसम्बन्धी कार्य गर्नेहरूले सहजै डिजिटल भुक्तानीका लागि आफ्नो ठेलामा ‘क्युआर स्ट्याण्ड’ राख्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाख रूपैयाँसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू गर्न निर्देशन दिएको हो ।

Read More
  • MBL - below news