सेयर बजार उकालोतिर, १२ अंकले नेप्से बढ्दा करिब डेढ अर्बको सेयर कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार उकालोतिर, १२ अंकले नेप्से बढ्दा करिब डेढ अर्बको सेयर कारोबार

काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १२.४१ अंकले बढेर १९१८.४१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.४९ अंकले बढेर ३६०.५२ विन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि  वृद्धि भएको छ। आज २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो सेयर कारोबार दिन सोमबार दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको  ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो।

Read More
  • EBL Ad news