- बाबुकृष्ण महर्जन
माइक्रोफाइनान्स कम्पनीको बाँड्ने क्षमता भए पनि राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी लाभांश बाँड्न रोक लगाएको छ ।
राष्ट्र बैंकले गत फागुन १० गते सर्कुलर जारी गर्दा १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा १५ प्रतिशतभन्दा बढी प्रस्ताव गरेको लाभांशको ५० प्रतिशत जगेडा कोष, ३५ प्रतिशत ग्राहक संरक्षण कोष र १५ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।
पछिल्लो समय राष्ट्र बैंकले सञ्चित मुनाफा उच्च भएका माइक्रोफाइनान्सलाई धेरै लाभांश घोषणा गरे पनि संशोधन गर्न लगाएर १५ प्रतिशत मात्रै लाभांश बाँड्न स्वीकृति दिइरहेको छ । माइक्रोफाइनान्सले पटक पटक उच्च लाभांश घोषणा गर्दै संशोधन गर्दै गर्दा यसले पुँजी बजारमा भने लगातार नकारात्मक असर परेको छ । केन्द्रीय बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दुवैको दोस्रो चोटी लाभांश संशोधन हुँदा हरेकपटक ठूलो गिरावट आएको छ।






