लुम्बिनी विकास बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सात वटै प्रदेशमा सफलताका साथ सम्पन्न गरेको छ । GLOBAL MONEY WEEK - 2023 अन्र्तगत युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले बार्षिक रुपमा मार्च महिनामा मनाइने एक हप्ते अभियान हो । “Plan your money, plant your future” भन्ने नाराका साथ GLOBAL MONEY WEEK – 2023 यो बर्ष पनि मिती २०७९ चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म मनाइयो ।

यो सप्ताहब्यापि महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिबिधिका सन्दर्भहरु प्रस्तुत गरेको थियो । साथै विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरियो । GLOBAL MONEY WEEK – 2023 सफल बनाउने उद्देश्यका साथ लुम्बिनी बिकास बैंकले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको बिरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराहि र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको बिरगन्ज र कोशी प्रदेशको बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । लुम्बिनी विकास बैंकले धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका उप निर्देशक कुबेर थापाले पनि सहभागिता जनाउनु भयो । साथै, बैंकले पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक आर्या जोशी तथा उप निर्देशक राम कुमार कार्कीले पनि सहभागिता जनाउनु भयो । उप निर्देशक कार्कीले सफा नोट निती तथा नोटको सुरक्षण व्यवस्थाहरु सम्वन्धि जानकारीमुलक प्रस्तुती दिनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा ATM मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

  • MBL - below news