टेवा क्षेत्रबाट फर्कियो नेप्से, कारोबार रकम पनि बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टेवा क्षेत्रबाट फर्कियो नेप्से, कारोबार रकम पनि बढ्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। कारोबार अवधिभर १८६४.९१ विन्दुसम्म झरेको नेप्से, सोपछि भने फर्किएको हो।

यस दिन नेप्से टेवा क्षेत्रबाट फर्किएको हो। नेप्सेको हालको टेवा क्षेत्र १८५० देखि १८८० को क्षेत्र रहेको छ। नेप्सेले यस दिन सोही क्षेत्रबाट फर्किएको हो। आगामी दिनमा नेप्से १९६५ भन्दा माथि बन्द भएमा रिभर्सलको संकेत मान्न सकिन्छ।

यस दिन नेप्से परिसूचक १७.७० अंक बढेर १९०६.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६१ स्टकको ३६ हजार ९८० पटकको कारोबारमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अजोड इन्स्योरेन्स्को शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

Read More
  • EBL Ad news