के सेयर लगानीकर्ताहरूले बजारबाट १७ खर्ब रूपैयाँ गुमाएका हुन्?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के सेयर लगानीकर्ताहरूले बजारबाट १७ खर्ब रूपैयाँ गुमाएका हुन्?

केही समयदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सेयर बजारबाट लगानीकर्ताको यति अर्ब गुम्यो जस्ता शीर्षकका समाचारहरू देख्नुभएको होला।

हुन पनि सेयर बजार ३१ सयको उच्च विन्दुसम्म पुगेको थियो। त्यो बेला कुल बजार पुँजीकरण ४४ खर्ब रूपैयाँभन्दा धेरै थियो।

आइतबार भने यस्तो बजार पुँजीकरण २७ खर्ब रूपैयाँमा सीमित भएको छ। यसमा लगभग १७ खर्ब बराबरको ह्रास आएको छ।

त्यसो भए के सेयर लगानीकर्ताहरूले बजारबाट १७ खर्ब रूपैयाँ नै गुमाएका हुन् त?

सेयर बजारका जानकारहरू यसलाई सेयर लगानीकर्ताहरूको रकम गुमेको भन्दा उनीहरूको सम्पत्तिमा क्षय भएको भन्न सकिने बताउँछन्।

Read More
  • EBL Ad news