कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाण्डौ प्रा. लि. बीच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाण्डौ प्रा. लि. बीच सम्झौता

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्-हाउस (In-house) परीक्षणमा २०% र आउटसोर्स १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।