काठमाडौं । ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकले अरबौं रकम ठगी गरेको आरोप लागेको छ । अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले डोर्सीको कम्पनीले १ अर्ब डलर ठगी गरेको र लगानीकर्तालाई नियतबस झुक्याएको आरोप लगाएको हो ।
डोर्सीको कम्पनी ब्लकले लगानीकर्तालाई प्रभावित गर्न नक्कली प्रयोगकर्ता बनाएको र वित्तीय अपराधीहरुलाई सघाएको हिन्डेनबर्ग रिसर्चको आरोप छ । हिन्डेनबर्ग रिसर्चका अनुसार तत्कालीन स्वायर (हालको ब्लक) कम्पनीको पछिल्लो कुल बजार मूल्य ४४ अर्ब डलर रहेको छ । हिन्डेनबर्गको सो आरोपसँगै ब्लक कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको भारी गिरावट आइसकेको छ । यद्यपी ब्लकले सो आरोप झुठा भएको दाबी गर्दै आएको छ ।








