काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ (IPO) मा माग भन्दा ३ दशमलव ०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३८ सम्ममा ९ लाख ६३ हजार ५१८ जना आवेदकले १ करोड ८ लाख ८१ हजार २१० कित्ता शेयरका लागि आवेदन दिएका हुन ।
कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकोे हो ।






