काठमाडौं : महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच केबलकार सेवामा छुट दिने सम्झौता भएको छ। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारस्थित सञ्चालित केबलकार सेवामा विशेष छुट पाउने छन्।
बैंकका ग्राहकले उक्त केबलकार सेवामा १० प्रतिशतको छुट पाउने जनाइएको छ। यसबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले जनाएको छ।






