१८ अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८ अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

९ चैत, काठमाडौं । साताको अन्तिम कारोबरा दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ । बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

Read More
  • EBL Ad news