काठमाडौं : सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा ३४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार पहिलो दिन अर्थात बुधबार (चैत ८ गते) साँझ ५ः०२ बजेसम्ममा ३ लाख १ हजार ८३६ जना सर्वसाधारण आवेदकले ३४ लाख ३६ हजार १४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९% अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । यसमध्ये १०% (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीले ५% अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३% (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।






