काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।






