नेप्सेमा थप २ कम्पनीको आइपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा थप २ कम्पनीको आइपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ। आज  एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर सुचिकृत भएको हो ।

आज एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर र   कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । आज शेयर सुचिकृत भएसँगै  बिहिबारबाट यी शेयर खरिद बिक्री गर्न सकिने छ ।

  नेप्सेले  एशियन हाइड्रोको पहिलो कारोबारको लागि ९९.६० रुपैयाँ देखि  २९८.८० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको AHL सिम्बलबाट कारोबार हुने छ  ।

Read More
  • EBL Ad news