काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड र मनकामना केबुलकारबीच बैंकका ग्राहकहरूलाई केबुलकार सेवामा छुट उपलब्ध गराउन सम्झौता भएको छ ।
“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग एक सम्झौता गरेको हो ।






