सानिमा मिडिल तमोरको आईपीओ भोली बाँडफाँट हुने, करिब ४ लाख २५ हजारले मात्रै शेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा मिडिल तमोरको आईपीओ भोली बाँडफाँट हुने, करिब ४ लाख २५ हजारले मात्रै शेयर पाउने

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गते सम्म निष्काशन गरेको शेयर भोली बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हाे ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले प्रि अलमेन्ट सम्वन्धि सम्पूर्ण प्रकृया सम्पन्न भएपछि भोली शेयर बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १४ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता भन्दा धेरै शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको करिब ४ गुणा बढी हुन आउँछ ।

Read More
  • EBL Ad news