काठमाडौं : नेप्सेमा निरन्तर गिरावट आएपछि विशेषगरी बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालिएको छ । सोमबारको अन्तिम कारोबार मूल्य अनुसार अहिले ७ वटा बैंकको सेयर भाउ २०० रुपैयाँ भन्दा तल झरेको छ । सर्वसाधारण समूह अन्तर्गत सबैभन्दा कम कुमारी बैंकको सेयर प्रतिकित्ता १७८ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, प्रभु बैंकको १७९ रुपैयाँ भाउ रहेको छ । बैंकिङ समूहअन्तर्गत हेर्दा यी दुवै बैंकको सेयर सबैभन्दा सस्तोमध्येमा पर्छन् ।






