क्रेडिट स्वीस किन्ने सहमतिपछि १४ %ले घट्यो यूबीएसको शेयर मूल्य, एशिया र यूरोपमा शेयर बजार राताम्मे


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रेडिट स्वीस किन्ने सहमतिपछि १४ %ले घट्यो यूबीएसको शेयर मूल्य, एशिया र यूरोपमा शेयर बजार राताम्मे

काठमाडौं । सोमबार स्वीस बहुराष्ट्रिय बैंक यूबीएसको शेयर मूल्य १४ प्रतिशतले घटेको छ । समस्याग्रस्त घरेलु बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीस किन्ने आकस्मिक सहमति गरेलगत्तै पहिलो दिनको कारोबारमा बैंकको शेयर मूल्यमा पहिरो गएको हो । बैंकिङ संकट चलिरहँदा फेडले ब्याजदर बढाउने क्रमलाई नरोक्ने अनुमान बलियो बन्दा शेयर बजार दबाबमा आएको हो ।

सोही दिन क्रेडिट स्वीसको शेयर मूल्य भने अघिल्लो कारोबार दिनमा बजार बन्द हुँदाको भन्दा ६२ प्रतिशतले घटेको थियो । क्रेडिट स्वीसको शेयरमा पहिरो जाने क्रम रोक्न अनि घरेलु वित्तीय क्षेत्रप्रतिको विश्वास फर्काउन स्वीस अधिकारीहरू र नियामकहरूले सो सम्झौतामा सहजीकरण गरेका थिए ।

Read More
  • EBL Ad news