नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । आज सुपरमाई हाइड्रोपावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड धारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।
नेप्सेले सुपरमाई हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
त्यस्तै नेप्सेले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ५३ पैसा देखि अधिकतम २ सय ६५ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । ...






