काठमाडौँ / निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले विक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।
बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रा।लि।को तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरे ।








