मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि १६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १४८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४८ रूपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे ।






