५ अंकले घटेर नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५ अंकले घटेर नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो ।  यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ । 

५ अंकमाथिले घटेको बजारमा आज १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर किनबेच भएको छ ।  अघिल्लो दिन १४ अंकले नेप्से घटेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको थियो । 

Read More
  • EBL Ad news