नेप्सेले सार्वजनिक गर्यो ट्रेडिङ सिमुलेटर, लगानीकर्तालाई कारोबार गर्न सहज हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले सार्वजनिक गर्यो ट्रेडिङ सिमुलेटर, लगानीकर्तालाई कारोबार गर्न सहज हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हाे ।

नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएकाे छ । प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश (counter order) राखेर कारोबार सम्पन्न गराउनेछ ।

Read More
  • EBL Ad news