काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले देशका विभिन्न स्थानहरूमा सो कार्यक्रम सम्पन्न गरेको हो । बैंकद्वारा विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको हो ।






