काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से बुधबार थप ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४४ अंक घटेर १९३८ मा कायम भएको छ । दिउँसो २ बजेतिर परिसूचक १९२६ अंकसम्म झरेपछि अन्तिममा केही सम्हालिएको हो ।
कुल १ अर्ब २० करोडको कारोबार भयो । यसअघि हिजो १ अर्ब १३ करोडको कारोबार भएको थियो । ५१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १४ को स्थिर रहृयो । ब्यापारबाहेकका सबै उपसमूह घटे । ब्यापार १० अंक बढ्यो । बैंकिङ ९.९, विकास बैंक २७, फाइनान्स १४, होटल ७, जलविद्युत् ९, जीवन बीमा ६९, उत्पादन ३२, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७ र अन्य उपसमूह ४ अंक घटे ।





