रावा इनर्जीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको जारी पूँजी २८ करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी पनि २८ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ मात्रै रहेको छ ।

Read More
  • EBL Ad news