अन्तिम दिनसम्ममा सानिमा मिडिल तमोरको आईपीओमा १४ लाख बढीको आवेदन, करिब ४ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम दिनसम्ममा सानिमा मिडिल तमोरको आईपीओमा १४ लाख बढीको आवेदन, करिब ४ गुणा बढी शेयर माग

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि निष्काशन गरेको शेयरमा आज अन्तिम दिनसम्ममा १४ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख १२ हजार १३ जना आवेदकबाट १ अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४० हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको ३.८२ गुणा बढी हुन आउँछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै शेयर पाउनेछन् ।

Read More
  • EBL Ad news