सानिमा मिडिलको आइपीओमा पर्यो १० लाख ६७ हजार बढीको आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा मिडिलको आइपीओमा पर्यो १० लाख ६७ हजार बढीको आवेदन

काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा १ अर्ब २५ करोड ४ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २९ गते) सम्ममा १० लाख ६७ हजार ३३० जनाले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.९४ गुणा बढी आवेदन हो ।
 

हाइड्रोपावरले फागुन २६ गतेदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ ।

Read More
  • EBL Ad news