लुम्बिनी विकास बैंकको पोखराको रामबजारमा थप नयाँ एटिएम को उद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको पोखराको रामबजारमा थप नयाँ एटिएम को उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ फागुन २९ गते थप एक ATM को उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट ATM सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको छ ।

उक्त ATM को उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँ ले गर्नुभयो । साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक श्री रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष श्री सुशिल राज पराजुली, पुर्व सञ्चालक श्री बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । शाखा प्रबन्धक बाल कृष्ण वन ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल ले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राख्नुभएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ ATM को उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा ATM मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

  • MBL - below news