२४ अंक घट्यो सेयर बजार, सबै सूचकमा गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२४ अंक घट्यो सेयर बजार, सबै सूचकमा गिरावट

काठमाडौँ — सोमबार पनि सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । दिनभर कुल १ अर्ब १६ करोडको कारोबार भयो ।

हिजो कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल २४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ५ को स्थिर रह्यो । सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ २०, विकास बैंक ३७, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ४४, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंक घटे ।

Read More
  • EBL Ad news