आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २८ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ । 

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

Read More
  • EBL Ad news