काठमाडौँ — सिलिकन भ्याली बैंक र सिल्भरगेट वित्तिय संस्था गम्भिर समस्यामा परेपछिको परकम्पले खस्किन शुरू गरेको अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ ।
अमेरिकी बैंकहरू जेपी मोर्गन, वेल्स फार्गो, बैंक अफ अमेरिका र मोर्गन स्ट्यान्लेको यो नोक्सानीसँगै गोल्डम्यान स्याक्स र सिटी लगायतका प्रमुख वित्तीय संस्थाहरूको शेयर मूल्यमा समेत गिरावटको क्रम जारी छ । यीमध्ये जेपी मोर्गनले मात्रै एकै दिनमा २२ अर्ब डलरभन्दा बढीको गिरावट सामना गरेको थियो, जसको शेयर मूल्य ५.४१ प्रतिशतले घटेर १३०.३४ अमेरिकी डलरमा आइपुगेको छ । ...





