काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा २९ करोड ८० लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन २६ गते) सम्ममा २ लाख ५० हजार ४ जनाले २९ लाख ८० हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् ।
हाइड्रोपावरले आज (फागुन २६ गते) देखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ ।






