वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तीन जलविद्युत् कम्पनीको आईपीओ भर्ने अन्तिम दिन बिहीवार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तीन जलविद्युत् कम्पनीको आईपीओ भर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक बजारमा विक्रीमा रहेको तीन जलविद्युत् कम्पनीको आईपीओे खरीद गर्ने फागुन २५ गते अन्तिम दिन रहेको छ ।

दोल्ती पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । दोल्ती पावर र भूगोल इनर्जीले फागुन ८ गतेदेखि र मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेका हुन् । पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयमा यी कम्पनीहरूले आईपीओ निष्कासन गरेका हुन् ।

Read More
  • EBL Ad news